मेघ बिजुली विवाह र स्वाद कथा: नेपाली साहित्यको विस्तृत अध्ययन

Enviado por Anónimo y clasificado en Otras materias

Escrito el en hindi con un tamaño de 6,05 KB

शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

  • (क) विवाह, व्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग = लगन
  • (ख) दुलही = बेहुली
  • (ग) नओइलाउने एक प्रकारको फूल = मखमली
  • (घ) असोज र कात्तिक महिनामा पर्ने ऋतु = शरद्

२. दिइएका शब्द र विपरीत अर्थबिच जोडा मिलाउनुहोस्:

  • रुचि ≠ अरुचि
  • आय ≠ व्यय
  • तरल ≠ ठोस
  • सक्रिय ≠ निष्क्रिय
  • सबल ≠ दुर्बल
  • स्थूल ≠ सूक्ष्म

३. दिइएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:

  • खाली (रित्तो): खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस्।
  • खालि (पटकपटक): मलाई आमाले खालि पढ् मात्र भन्नुहुन्छ।
  • फुल (अण्डा): हाम्रो घरको कुखुराले १५ ओटा फुल पारेको छ।
  • फूल (पुष्प): आज डालीभरि फूल लिएर म पूजा गर्न मन्दिर गएँ।
  • शव (लास): हिन्दु धर्मालम्बीहरूले शव चित्तामा जलाउँछन्।
  • सब (सबै): श्रीपञ्चमीको दिन हामी सबजना विद्यालयमा उपस्थित भएका थियौं।
  • यश (कीर्ति): मानिस भई जन्मेपछि संसारभरी यश फैलाउने काम गर्नुपर्छ।
  • यस (सर्वनाम): मलाई यसका कुरा सुनेर अचम्म लाग्छ।
  • शीत (पानीको थोपा): बिहान उठ्दा शीतका कारण आँगन सबै भिजेको थियो।
  • सित (सँग): अब आउने दसैंमा म आमासित मामाघर जाने हो।

बोध र अभिव्यक्ति

१. कवितामा लयका निम्ति गरिने उच्चारण र स्वतन्त्र उच्चारणमा भिन्नता:

गगन (गगन्), लगन (लगन्), झिमझिम (झिम्झिम्), दल (दल्), उपर (उपर्), गजब (गजब्), मेघ (मेघू), चमचम (चम्चम्), पटल (पटल्)।

३. दिइएका प्रश्नको उत्तर:

  • क. 'मेघ बिजुली विवाह' कवितामा ६ ओटा श्लोक छन्।
  • ख. कविताका हरेक श्लोकमा ४/४ ओटा पङ्क्ति छन्।
  • ग. कविताको पाँचौँ श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ।
  • घ. कविताको तेस्रो श्लोकमा पृथ्वीलाई तन्ना र हिमचुलीलाई पगरीसँग तुलना गरिएको छ।

स्वाद कथा: विशेष अध्ययन

१. दिइएका शब्दको अर्थ:

  • बहाली: नयाँ पद, ओहदा, अधिकार आदि सम्हाल्ने काम।
  • गर्व: अभिमान, घमन्ड, सेखी, अंहभावना।
  • फारो: थोरै पैसा वा सीमित वस्तुले आवश्यक तथा बढी काम चलाउने किफायती काइदा।
  • भाउ: किनबेच गरिने वस्तुको प्रचलित वा निश्चित मूल्य।

३. टुक्काको अर्थ र वाक्य:

  • खोटो हुनु: रामको त भाग्य नै खोटो रहेछ क्यारे, जति मिहिनेत गरे पनि सफल हुन सकेन।
  • अड्डी कस्नु: मेरो भाइ जहिले आफ्नै कुरामा मात्र अड्डी कसेर बस्छ।

४. उखानहरू:

इलमीका भागमा दुध र भात, अघिको तितो पछिको मिठो, जाँगर न साँगर खाने बेलामा आँ गर, रातभरि करायो दक्षिणा हरायो, दिन उजेली सुती गुमाई, रात उजेली बिस्कुन सुकाई।

५. अनुकरणात्मक शब्द:

लुरुलुरु, थपक्क, घुटुक्क, जुरुक्क, सरासर, घटघट।

Entradas relacionadas: