नेपाली भाषा र लेखन अभ्यास: जीवनी, पत्र लेखन र सूचना
Enviado por Anónimo y clasificado en Otras materias
Escrito el en
hindi con un tamaño de 13 KB
१. पदयोग र पदवियोग
प्रश्न: माइकल फेराडे ले जीवनको उत्तरार्ध मा थुप्रै पैसा आउने जागिर पाएतर उनले छँदा खाँदाको जागिर छाडेर एकोहोरो अनुसन्धानमालागे । त्यति वेला उनलाई पुन पैसाको सङ्कटपर्यो । उनी बिरामीपनि परे । यस्तो अवस्थामा पत्नीसाराले उनलाई दिलोज्यानले साथदिइन् र सेवा गरिन् । उनको योगदानको कदर गर्दै तत्कालीनराजा विलियमबाट वर्षको ३०० पाउन्ड पेन्सनको व्यवस्थाभयो ।
उत्तर: माइकल फेराडेले जीवनको उत्तरार्धमा थुप्रै पैसा आउने जागिर पाए तर उनले छँदा खाँदाको जागिर छाडेर एकोहोरो अनुसन्धानमा लागे । त्यति बेला उनलाई पुनः पैसाको सङ्कट पर्यो । उनी बिरामी पनि परे । यस्तो अवस्थामा पत्नी साराले उनलाई दिलोज्यानले साथ दिइन् र सेवा गरिन् । उनको योगदानको कदर गर्दै तत्कालीन राजा विलियमबाट वर्षको ३०० पाउन्ड पेन्सनको व्यवस्था भयो ।
२. सिर्जना र परियोजना कार्य
फ्लोरेन्स नाइटिङ्गेलको जीवनी
फ्लोरेन्स नाइटिङ्गेलको जन्म सन् १८२० मे १२ मा इटालीमा भएको हो । उनको आमाको नाम फेनी स्मिथ र बुबाको नाम विलियम एडवार्ड नाइटिङ्गेल हो । फ्लोरेन्स नाइटिङ्गेल बाल्यकालदेखि नै उदार हृदय, भावुक स्वभाव र परोपकारी भावना भएकी नारी थिइन् । उनको नर्स बनेर समाज सेवा गर्ने लक्ष्य थियो । बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटिरहेकी हुन्थिन् । रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई 'लेडी विथ द लेम्प' भनिएको हो । नर्सिङ पेसालाई मर्यादित बनाउँदै बिरामीबाट सेवा गर्ने प्रेरणा पाएकी फ्लोरेन्स नाइटिङ्गेलको नामबाट इटालीमा फ्लोरेन्स सहरको नामकरण समेत भएको छ । फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा लाग्ने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ । जीवनमा कर्मले मानिसलाई महान् बनाउँछ भन्ने उदाहरण बनेकी फ्लोरेन्सको मृत्यु सन् १९३० अगस्त १३ मा भएको थियो ।
लिओनेल मेसीको जीवनी
लिओनेल आन्द्रेस मेसीको जन्म सन् १९८७ जुन २४ मा अर्जेन्टिनामा भएको थियो । उनका बाबु जर्ज मेसी एउटा स्टील फ्याक्ट्रीका मजदुर थिए र आमा सिलिया अरूका घरमा अंशकालिक सरसफाइ गर्थिन् । मेसीले पाँच वर्षको उमेरदेखि नै एक स्थानीय क्लबबाट फुटबल खेल्न सुरु गरेका थिए । ११ वर्षको उमेरमा प्रारम्भिक परीक्षणमा उनको शारीरिक विकास हार्मोनको कमी देखियो । उपचारको लागि महँगो खर्च लाग्दथ्यो र क्लबले उनको उपचारमा रकम खर्च गर्न नसक्ने भयो । यसै बिचमा मेसीका एक जना आफन्तले उनको प्रतिभाको बारेमा वार्सिलोना क्लबका खेल प्रबन्धकलाई बताए । उनको खेलको परीक्षण गरियो । यदि उनी अर्जेन्टिनाबाट स्थानान्तरण भएर स्पेन आउन तयार भए वार्सिलोनाले उनको उपचार गर्ने भयो । त्यसपछि मेसी सपरिवार युरोप आए र वार्सिलोनाको युवा टिमबाट फुटबल खेल्न सुरु गरे । उनले वार्सिलोनाबाट धेरै वर्ष फुटबल खेले । त्यसपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनबाट फुटबल खेले । हाल उनी अमेरिकी क्लब इन्टर मियामी र आफ्नै देश अर्जेन्टिनाको लागि अग्रपङ्क्तिको खेलाडीको रूपमा खेल्दै आएका छन् । उनले २१ वर्षको उमेरमा नै बेलोन 'डि' ओर र फिफा सर्वश्रेष्ठ वर्ष खेलाडीको उपाधि जितेका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकप फुटबल र कोपा अमेरिका जस्ता उपाधि जितिसकेको छ । उनको खेल शैली र क्षमताका कारणले गर्दा उनलाई फुटबलका बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ ।
३. शब्द भण्डार
- पर्यायवाची शब्द: वेत्ता = विज्ञ, काम = कार्य, पत्यार = विश्वास, नवीन = नयाँ, रूपान्तरित = परिवर्तित, प्रसङ्ग = विषय/सन्दर्भ, शिक्षार्थी = विद्यार्थी
- वाक्यमा प्रयोग:
- शिक्षण: गुरुआमाले दैनिक शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्नुहुन्छ ।
- पाठ्यक्रम: हाम्रो कक्षाको बुकऱ्याकमा पाठ्यक्रम पनि छ ।
- बहुबौद्धिकता: हाम्रो साथी रोशनमा पनि बहुबौद्धिकता छ ।
- विकास: सबै मिली काम गर्न सके समाज र देशको विकास छिट्टै हुन्छ ।
- विश्वास: यस भिडियोले विद्यार्थीलाई सहयोग पुग्ने विश्वास लिएकी छु ।
४. बोध र अभिव्यक्ति
प्रश्न: चिठी कसले कसलाई लेखेको हो?
उत्तर: चिठी शिक्षा तालिम केन्द्र, रुपन्देहीले पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरलाई लेखेको हो ।
प्रश्न: तालिमको विषयवस्तु के रहेछ?
उत्तर: तालिमको विषयवस्तु नेपाली भाषा शिक्षकका लागि शिक्षण र प्रविधि सम्बन्धी तालिम रहेछ ।
५. पत्र लेखन नमुना
पाठ्यक्रम विकास केन्द्रको पत्र
विषय: नेपाली विषयका विज्ञ खटाइदिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा त्यस तालिम केन्द्रले माध्यमिक शिक्षा (कक्षा ९-१०) नेपाली भाषा विषयका शिक्षकका लागि शिक्षण विधि र प्रविधि सम्बन्धी तालिमको आयोजना गर्न लागेको रहेछ । यस केन्द्रबाट नेपाली भाषा पाठ्यक्रममा समयानुकूल परिमार्जन गरिएका पाठ्यक्रम तथा पाठ्यपुस्तक शिक्षण विधिबारे छलफल र अन्तरक्रिया गर्ने उद्देश्यले तालिमको आयोजना गरेको कुरा अति नै सह्रानीय रहेको छ । त्यस कार्यका लागि तपाईहरूले माग गरे बमोजिम विषयवस्तुको सिकाइ सहजीकरणका लागि मिति २०७८ चैत २० गतेदेखि २३ गतेसम्म नेपाली विषयका विज्ञ उपलब्ध गराइदिएको जानकारी गराइन्छ ।
६. डेंगु रोग सम्बन्धी सूचना
डेंगु (Dengue Fever) रोग सम्बन्धी जानकारी
डेंगु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने एक सरुवा रोग हो । यो रोग लागेको मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
- लक्षणहरू: उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरू बेस्सरी दुख्ने, छालामुनि रगत जमेका धब्बाहरू देखिने ।
- बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, दिउँसो बाहिर निस्कँदा पूरा शरीर ढाक्ने लुगा लगाउने, घर वरिपरि पानी जम्न नदिने ।
पोखरा महानगरपालिका नगर प्रमुखको अनुरोध: लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी-खोजी सफा गरौँ ।