नेपालको उद्योग, व्यापार, र सामाजिक विकास सम्बन्धी महत्वपूर्ण अभ्यास प्रश्नावली

Enviado por Anónimo y clasificado en Otras materias

Escrito el en hindi con un tamaño de 34,37 KB

१. उद्योग (Industry)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. उद्योग भनेको के हो ?
  • ख. नेपालको कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान कति छ ?
  • ग. नेपालमा स्थिर पूँजी वा लगानीको आधारमा उद्योगहरूलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
  • घ. घरेलु उद्योगका कुनै चार उदाहरणहरू लेख्नुहोस् ।
  • ङ. घरेलु तथा साना उद्योगका कुनै दुई महत्त्व लेख्नुहोस् ।
  • च. घरेलु तथा साना उद्योगको कुनै एउटा समस्या बताई उक्त समस्या समाधान गर्ने उपाय पनि लेख्नुहोस् ।
  • छ. मझौला तथा ठुला उद्योगको परिभाषा लेख्नुहोस् ।
  • ज. मझौला तथा ठुला उद्योगका कुनै दुई महत्त्व बताउनुहोस् ।
  • झ. 'नेपालको मझौला तथा ठुला उद्योगका विद्यमान प्रमुख समस्या पूँजी वा लगानीको अभाव हो।' यो समस्यालाई सम्बोधन गर्ने कुनै एक उपाय लेख्नुहोस् ।
  • ञ. नेपालमा मझौला तथा ठुला उद्योगको विकासले कसरी जनताको जीवनस्तर माथि उठ्छ ? एक वाक्यमा लेख्नुहोस् ।

छोटो उत्तर आउने प्रश्नहरू

  • क. नेपालमा उद्योगलाई कसरी वर्गीकरण गरिएको छ ? सूची बनाउनुहोस् ।
  • ख. नेपालमा घरेलु तथा साना उद्योगको सम्भावना कस्तो छ ? छोटकरीमा लेख्नुहोस् ।
  • ग. नेपालमा घरेलु तथा साना उद्योगका महत्त्वहरूको सूची बनाई कुनै दुईको व्याख्या गर्नुहोस् ।
  • घ. नेपालमा घरेलु तथा साना उद्योगका समस्याहरूको सूची बनाउनुहोस् र कुनै दुई समस्याहरू समाधान गर्ने उपाय लेख्नुहोस् ।
  • ङ. नेपालमा मझौला तथा ठुला उद्योगको सम्भावना कस्तो छ ? लेख्नुहोस् ।
  • च. नेपालमा मझौला तथा ठुला उद्योगका महत्त्वहरूको सूची बनाई कुनै दुईको व्याख्या गर्नुहोस् ।
  • छ. नेपालमा मझौला तथा ठुला उद्योगका समस्याहरू के छन् ? सूची बनाउनुहोस् ।

लामो उत्तर आउने प्रश्नहरू

  • क. नेपालमा घरेलु तथा साना उद्योगको महत्त्व र सम्भावना के छ ? व्याख्या गर्नुहोस् ।
  • ख. नेपालमा घरेलु तथा साना उद्योगका समस्या र समाधानका उपायहरू लेख्नुहोस् ।
  • ग. नेपालमा मझौला तथा ठुला उद्योगको महत्त्व र सम्भावना चर्चा गर्नुहोस् ।
  • घ. नेपालमा मझौला तथा ठुला उद्योगका समस्या र समाधान गर्ने उपायहरू लेख्नुहोस् ।

२. व्यापार र वैदेशिक व्यापार (Trade and Foreign Trade)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. व्यापार भनेको के हो ?
  • ख. आन्तरिक र बाह्य वा वैदेशिक व्यापारबिचको कुनै एउटा फरक लेख्नुहोस् ।
  • ग. नेपालबाट विदेश निर्यात हुने कुनै दुई वस्तुको नाम लेख्नुहोस् ।
  • घ. नेपालमा विदेशबाट आयात हुने कुनै दुई वस्तुहरूको नाम लेख्नुहोस् ।
  • ङ. नेपालको वैदेशिक व्यापारका कुनै दुई महत्त्व लेख्नुहोस् ।
  • च. व्यापारको ढाँचा भनेको के हो ?
  • छ. "आधुनिक युगमा वैदेशिक व्यापार अपरिहार्य छ ।” यस कथनलाई एक वाक्यमा पुष्टि गर्नुहोस् ।

छोटो उत्तर आउने प्रश्नहरू

  • क. व्यापार भनेको के हो ? आन्तरिक र वैदेशिक वा बाह्य व्यापारबिचका फरकहरू छुट्याउनुहोस् ।
  • ख. नेपालको वैदेशिक व्यापारको वर्तमान अवस्थाको बारेमा लेख्नुहोस् ।
  • ग. नेपालको सन्दर्भमा वैदेशिक व्यापारको महत्त्वको सूची बनाई कुनै दुई महत्त्व व्याख्या गर्नुहोस् ।
  • घ. नेपालको व्यापार ढाँचा कस्तो छ ? छोटकरीमा व्याख्या गर्नुहोस् ।

लामो उत्तर आउने प्रश्नहरू

  • क. नेपालको वैदेशिक व्यापारको वर्तमान अवस्था र नेपालको आर्थिक विकासमा यसको महत्त्व चर्चा गर्नुहोस् ।

३. व्यापार विविधीकरण (Trade Diversification)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. व्यापार विविधीकरण भनेको के हो ?
  • ख. वस्तुगत व्यापार विविधीकरण भनेको के हो ?
  • ग. देश वा क्षेत्रगत व्यापार विविधीकरणको अर्थ लेख्नुहोस् ।
  • घ. नेपालको व्यापार प्रवर्धन र बजारीकरणका लागि कुनै दुई सुझाव दिनुहोस् ।

छोटो उत्तर आउने प्रश्नहरू

  • क. नेपालको वस्तुगत व्यापार विविधीकरणको अवस्थाका बारेमा लेख्नुहोस् ।
  • ख. नेपालको क्षेत्रगत वा देशगत व्यापार विविधीकरणको वर्तमान अवस्था छोटकरीमा व्याख्या गर्नुहोस् ।
  • ग. नेपालको व्यापार प्रवर्धन र बजारीकरणका लागि कुनै पाँच उपाय वा सुझावहरू दिनुहोस् ।

लामो उत्तर आउने प्रश्नहरू

  • क. नेपालको वैदेशिक व्यापारको सम्भावनाका बारेमा चर्चा गर्नुहोस् ।

४. आर्थिक योजना (Economic Planning)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. आर्थिक योजना भनेको के हो ?
  • ख. सबैभन्दा पहिला आर्थिक योजनाको सुरुवात कुन देशमा भएको हो ?
  • ग. नेपालमा पहिलो आर्थिक योजना कहिले कार्यान्वयन भएको थियो ?
  • घ. चालु योजनाको कुनै एउटा उद्देश्य लेख्नुहोस् ।
  • ङ. आर्थिक योजनाका कुनै दुई महत्त्व बताउनुहोस् ।
  • च. हाल नेपालमा कुन आर्थिक योजना कार्यान्वयन भइरहेको छ ?
  • छ. हाल कार्यान्वयन भइरहेको आर्थिक योजना कति वर्षको छ ?
  • ज. स्थानीय योजना भनेको के हो ?

छोटो उत्तर आउने प्रश्नहरू

  • क. नेपालको आर्थिक योजनाको सङ्क्षिप्त इतिहास लेख्नुहोस् ।
  • ख. नेपालको हालको आर्थिक योजनाका राष्ट्रिय लक्ष्य र उद्देश्यहरू उल्लेख गर्नुहोस् ।
  • ग. हालको आर्थिक योजनाका समष्टिगत रणनीतिहरू उल्लेख गर्नुहोस् ।
  • घ. आर्थिक योजनाका महत्त्वहरूको सूची तयार गर्नुहोस् ।

लामो उत्तर आउने प्रश्नहरू

  • क. नेपालको हालको योजनाका सोच, उद्देश्य र रणनीतिहरू उल्लेख गर्नुहोस् ।
  • ख. 'नेपालमा वि.सं. २०१३ सालदेखि लागु भएका आर्थिक योजनाहरूले रोजगारी सिर्जना र गरिबी निवारणलाई आजसम्म पनि प्रमुख उद्देश्य बनाएको भए तापनि नेपालमा यी उद्देश्यहरू पूरा भएका छैनन् ।' यसका कारणहरू चर्चा गर्नुहोस् ।

५. श्रम र उद्यमशीलता (Labor and Entrepreneurship)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. श्रम भनेको के हो ?
  • ख. श्रमका प्रकारहरूको सूची बनाउनुहोस् ।
  • ग. मानसिक र शारीरिक श्रमबिचको कुनै एक भिन्नता लेख्नुहोस् ।
  • घ. श्रमका कुनै दुई महत्त्व बताउनुहोस् ।
  • ङ. श्रमको सम्मान भनेको के हो ?
  • च. उद्यमशीलता भनेको के हो ?
  • छ. उद्यमीको अर्थ लेख्नुहोस् ।
  • ज. नेपालमा उद्यमशीलता विकास हुन नसक्नुको कुनै एउटा प्रमुख कारण बताउनुहोस् ।
  • भ. उद्यमशीलताका कुनै दुई महत्त्व लेख्नुहोस् ।
  • अ. नेपालमा उद्यमशीलताको विकासका लागि के गर्नुपर्ला ? एक वाक्यमा लेख्नुहोस् ।
  • ट. उद्यमीमा हुनुपर्ने कुनै दुई गुण लेख्नुहोस् ।
  • ठ. उद्यमीले गर्ने कुनै दुईओटा कार्य बताउनुहोस् ।
  • ड. रोजगारी भनेको के हो ?

छोटो उत्तर आउने प्रश्नहरू

  • क. श्रमको परिभाषा दिनुहोस् । श्रमको महत्त्व के के छन् ?
  • ख. श्रमका विभिन्न प्रकारहरू उदाहरणसहित लेख्नुहोस् ।
  • ग. 'देशको विकासमा सबै खालका श्रमको समान महत्त्व छ ।' यस कथनलाई पुष्टि गर्नुहोस् ।
  • घ. श्रमको सम्मान हुन सके मात्रै देशको विकास हुन सक्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
  • ङ. उद्यमशीलताको परिभाषा दिनुहोस् । उद्यमशीलताका फाइदा वा महत्त्वहरूको सूची बनाउनुहोस् ।
  • च. नेपालमा उद्यमशीलता प्रवर्धनका समस्या र समाधानका उपायहरू लेख्नुहोस् ।

लामो उत्तर आउने प्रश्नहरू

  • क. 'नेपाल जस्ता विकासोन्मुख देशहरू पछाडि पर्नुको प्रमुख कारणहरू श्रमको सम्मानमा कमी हुनु हो ।' चर्चा गर्नुहोस् ।
  • ख. 'नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक समृद्धि उद्यमशीलताबाट मात्रै सम्भव छ ।' यस कथनलाई पुष्टि गर्नुहोस् ।
  • ग. उद्यमीको कार्य र सफल उद्यमीका गुणहरू लेख्नुहोस् ।

६. कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध (Diplomatic and International Relations)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. एक वाक्यमा कूटनीतिक सम्बन्धलाई परिभाषित गर्नुहोस् ।
  • ख. पञ्चशील भनेको के हो ?
  • ग. द्विपक्षीय र बहुपक्षीय सम्बन्धबिचको भिन्नता एक वाक्यमा उल्लेख गर्नुहोस् ।
  • घ. राज्यहरूलाई किन अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यकता पर्छ ? एक वाक्यमा लेख्नुहोस् ।
  • ङ. नेपालले कहिले एसियाली विकास बैंकको सदस्यता पायो ?
  • च. नेपालले सबैभन्दा पछाडि द्विपक्षीय सम्बन्ध कायम गरेको मुलुक कुन हो ? यो सम्बन्ध कहिले स्थापित भएको थियो ?
  • छ. नेपाल-भारत सम्बन्धलाई 'रोटीबेटीको सम्बन्ध' भन्नुको कारण के हो ?

छोटो उत्तर आउने प्रश्नहरू

  • क. नेपालको वैदेशिक सम्बन्धको आधारहरूको सूची बनाउनुहोस् ।
  • ख. पञ्चशीलका पाँच सिद्धान्तहरू लेख्नुहोस् ।
  • ग. भारत र चीनले नेपाललाई कुन कुन क्षेत्रमा सहयोग गरेका छन् ?
  • घ. नेपाल चीन सम्बन्धको बारेमा लेख्नुहोस् ।
  • ङ. विश्व बैंकले नेपाललाई कुन कुन क्षेत्रमा सहयोग पुऱ्याएको छ ?
  • च. एसियाली विकास बैंक किन नेपालको लागि महत्त्वपूर्ण छ ?

लामो उत्तर आउने प्रश्नहरू

  • क. देशको विकासमा द्विपक्षीय र बहुपक्षीय सहयोगको आवश्यकता औंल्याउँदै एक दैनिक पत्रिकामा प्रकाशित गर्नको लागि सम्पादकीय लेख्नुहोस् ।

७. संयुक्त राष्ट्र सङ्घ र नेपाल (UN and Nepal)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. संयुक्त राष्ट्र सङ्घको स्थापना कहिले भयो ?
  • ख. संयुक्त राष्ट्र सङ्घको नाम कसले संयोजन गरेको थियो ?
  • ग. नेपाली सेना पहिलोपटक संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा कहिले सहभागी भएको थियो ?
  • घ. सशस्त्र प्रहरी बल पहिलो पटक संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा कहिले तैनाथ गरिएको थियो ?
  • ङ. नेपालमा अनमिनको मुख्य भूमिका के थियो ?
  • च. नेपाली सेना संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा खटिएका कुनै दुई देशको नाम लेख्नुहोस् ।
  • छ. नेपालले कहिले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्यो ?
  • ज. संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले सहभागी भएको तपाईंलाई कस्तो लाग्छ ? एक वाक्यमा लेख्नुहोस् ।

छोटो उत्तर आउने प्रश्नहरू

  • क. संयुक्त राष्ट्र शान्ति स्थापना अभियानको बारेमा छोटकरीमा लेख्नुहोस् ।
  • ख. संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको भूमिका मूल्याङ्कन गर्नुहोस् ।
  • ग. शान्ति प्रक्रियामा नेपाल प्रहरीको भूमिका वर्णन गर्नुहोस् ।
  • घ. नेपाल संलग्न भएका संयुक्त राष्ट्र सङ्घका कुनै चार गतिविधिको सूची बनाउनुहोस् ।
  • ङ. नेपालमा कार्यरत कुनै चार संयुक्त राष्ट्रसङ्घीय विशिष्टीकृत संस्थाको नाम लेख्नुहोस् ।

लामो उत्तर आउने प्रश्नहरू

  • क. संयुक्त राष्ट्र सङ्घका गतिविधिलाई प्रभावकारी बनाउन नेपालले के गर्नुपर्छ भन्नेमा आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

८. क्षेत्रीय सङ्गठनहरू (Regional Organizations)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. एक वाक्यमा क्षेत्रीय सङ्गठनको परिचय दिनुहोस् ।
  • ख. सार्कको लोगो कसले बनाएका हुन् ?
  • ग. नेपाल र युरोपेली सङ्घबिच कहिले सम्बन्ध स्थापित भएको थियो ?
  • घ. नेपालले युरोपेली सङ्घका देशबाट आयात गर्ने कुनै दुई सामानको नाम लेख्नुहोस् ।

छोटो उत्तर आउने प्रश्नहरू

  • क. क्षेत्रीय सङ्गठनको अवधारणा उल्लेख गर्दै यस्ता सङ्गठनका कुनै तीन उद्देश्य लेख्नुहोस् ।
  • ख. सार्कको स्थापनाको पृष्ठभूमि उल्लेख गर्नुहोस् ।
  • ग. सार्कको उद्देश्य उल्लेख गर्नुहोस् ।
  • घ. सार्कमा नेपालको योगदानको चर्चा गर्दै दुई साथीबिच संवाद लेख्नुहोस् ।
  • ङ. युरोपेली सङ्घबाट नेपालले केकस्ता फाइदा उपयोग गरेको छ ? कुनै ४ बुँदामा उल्लेख गर्नुहोस् ।

लामो उत्तर आउने प्रश्नहरू

  • क. क्षेत्रीय सङ्गठनहरूबाट उचित लाभ लिन नेपालले के कुरामा ध्यान दिनुपर्ला ? सातओटा बुँदामा प्रस्तुत गर्नुहोस् ।

९. सूचना प्रविधि र समसामयिक विषय (IT and Current Affairs)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. सूचना प्रविधि भनेको के हो ?
  • ख. हाम्रो दैनिक जीवनमा सूचना प्रविधिले पारेको कुनै दुई प्रभाव उल्लेख गर्नुहोस् ।
  • ग. फिचर फोन र स्मार्टफोनबिच एउटा भिन्नता देखाउनुहोस् ।
  • घ. जलवायु सम्मेलन कोप-२९ मा नेपालले किन हिमालको सुरक्षासम्बन्धी विषय उठाएको होला ?
  • ङ. नेपालमै पेट्रोलियम पदार्थको उत्खनन र प्रशोधन हुन सकेमा के कस्तो फाइदा हुन सक्छन् ? कुनै चार बुँदामा लेख्नुहोस् ।

छोटो उत्तर आउने प्रश्नहरू

  • क. दैनिक जीवनमा सूचना प्रविधिको महत्त्व कुनै पाँच बुँदामा उल्लेख गर्नुहोस् ।
  • ख. इमेल भनेको के हो ? इमेलका फाइदा लेख्नुहोस् ।
  • ग. पछिल्लो तीन महिनामा घटेका मुख्य दुई घटनाहरूको बारेमा चर्चा गर्नुहोस् ।

१०. जनसङ्ख्या र बसाइँसराइ (Population and Migration)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. जनसङ्ख्या भनेको के हो ?
  • ख. जनसङ्ख्याका प्राकृतिक तत्त्व कुन कुन हुन् ?
  • ग. नेपालमा सहरी जनसङ्ख्या बढ्दो क्रममा छ । यसको एउटा प्रमुख कारण लेख्नुहोस् ।
  • घ. जनसङ्ख्याको आकारमा परिवर्तन ल्याउने तीन तत्त्व उल्लेख गर्नुहोस् ।
  • ङ. प्रजननलाई असर गर्ने कुनै दुई सामाजिक तत्त्वको सूची बनाउनुहोस् ।
  • च. मृत्युलाई असर गर्ने कुनै दुई आर्थिक तत्त्व लेख्नुहोस् ।
  • छ. जैविक तत्त्व केसँग सम्बन्धित हुन्छन् ?
  • ज. स्तनपानले कसरी जन्म नियन्त्रणमा भूमिका खेल्छ ?
  • झ. बसाइँसराइका कुनै दुई विकर्षण तत्त्व उल्लेख गर्नुहोस् ।
  • ञ. बसाइँसराइ भनेको के हो ?
  • ट. उत्पत्तिस्थल र गन्तव्यस्थलको एक उदाहरण दिनुहोस् ।
  • ठ. डिभी, पिआर र ग्रीनकार्डको कारण धेरै नेपाली विदेशिएका छन्, किन होला ?

छोटो उत्तर आउने प्रश्नहरू

  • क. बसाइँसराइलाई प्रभाव पार्ने सामाजिक तत्त्वहरू उल्लेख गर्नुहोस् ।
  • ख. जन्म र मृत्युलाई किन जनसङ्ख्याको प्राकृतिक तत्त्व मानिन्छ ?
  • ग. बसाइँसराइलाई किन जनसङ्ख्या परिवर्तनको अप्राकृतिक तत्त्व मानिन्छ ?
  • घ. राष्ट्रिय जनगणना २०७८ मा वि.सं. २०६८ को जनगणनामा भन्दा अनुपस्थित जनसङ्ख्या बढ्नुले के सङ्केत गर्छ ?
  • ङ. प्रजनन क्षमतालाई असर गर्ने जैविक तत्त्वहरू के के हुन् ?
  • च. सामाजिक तत्त्वले कसरी जन्मलाई असर गर्छन् ?
  • छ. मृत्युलाई असर गर्ने सामाजिक तत्त्वको सूची बनाउनुहोस् ।
  • ज. बसाइँसराइलाई प्रभाव पार्ने आकर्षण र विकर्षण तत्त्वको सूची बनाउनुहोस् ।
  • झ. आन्तरिक र बाह्य बसाइँसराइबिच फरक देखाउनुहोस् ।
  • ञ. नेपालमा बसाइँसराइका कारण र असरहरू उल्लेख गर्नुहोस् ।
  • ट. गाउँबाट सहरतर्फको बसाइँसराइले गाउँ रित्तिन थालेका छन् । यसका कुनै चार कारण लेख्नुहोस् ।

११. जनसङ्ख्या व्यवस्थापन र पारिवारिक स्वास्थ्य (Population Management and Family Health)

अति छोटो उत्तर आउने प्रश्नहरू

  • क. जनसङ्ख्या व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ?
  • ख. जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष विधि भनेको के हो ?
  • ग. बालविवाह दण्डनीय भए पनि यसमा कमी नआउनुको कारण के हो ?
  • घ. पारिवारिक स्वास्थ्य भनेको के हो ?
  • ङ. पारिवारिक स्वास्थ्यलाई प्रभाव पार्ने कुनै दुई तत्त्वको नाम लेख्नुहोस् ।

छोटो उत्तर आउने प्रश्नहरू

  • क. जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष र अप्रत्यक्ष विधिको सूची बनाउनुहोस् ।
  • ख. जन्मलाई प्रोत्साहन गर्ने नीति र जन्मलाई निरुत्साहन गर्ने नीतिबिच फरक देखाउनुहोस् ।
  • ग. पारिवारिक स्वास्थ्यको महत्त्व लेख्नुहोस् ।
  • घ. पारिवारिक स्वास्थ्यका तत्त्वहरू तपाईंको आफ्नो परिवारमा के कसरी लागु हुन्छन् ? चर्चा गर्नुहोस् ।

Entradas relacionadas: